News Griha :: न्यूजगृह
सोमबार मनोनयन दर्ता हुँदै

काठमाडौं— प्रतिनिधि सभाको रिक्त स्थानहरूमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ ।

निर्वाचन आयोगले तोकेअनुसार सोमबार उपनिर्वाचन हुने तीनवटै क्षेत्रहरूमा मनोनय उमेदवारको मनोनय हुँदैछ ।

तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको उमेदवारी मनोनयका लागि बिहान १० बजेदिखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०६:१३
Weather Update