News Griha :: न्यूजगृह
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
फाइल तस्बिर

काठमाडौं— पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । केही दिनदेखि लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुने गरेको छ ।

उक्त सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको नाम्सी पुलनजिकै बिहीबार पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर चण्डेश्वर साहले पहिरो सडकमा थुपरिएको बताए । अहिले पहिरो हटाउने काम भइरहेको उनकाे भनाइ छ । पहिरो गएपछि सवारीसाधन बीचमै रोकिएका छन् ।

गएको मंगलबार पनि साेही पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०८:५२
Weather Update