News Griha :: न्यूजगृह
कीर्तिपुरमा चितुवाको आक्रमणबाट एक घाइते
प्रतिनिधिमूलक तस्बिर

काठमाडौं— कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् ।

कीर्तिपुर नगरपालिका—४ को पुष्पलाल पार्क नजिकै पर्ने थापागाउँमा गएराति कुखुरा पालन गरेको ठाउँमा कुरुवा बसेका एक जनालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले न्यूजगृहलाई जानकारी दिएको छ ।

प्रहरीका अनुसार चितुवा कुखुराको खोरभित्रै थुनिएको छ । जिल्ला वन कार्यालय काठमाडौंका कर्मचारीहरू अहिले चितुवा नियन्त्रण गर्न सो स्थानमा पुगेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०८:२२
Weather Update