रुसमा विमान दुर्घटना, वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु

काठमाडौं— रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जना सवार विमान दुर्घटना भएको छ ।
बीबीसीले जनाएअनुसार रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरूको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ ।
प्रिगोजिनको विमान रुसको तेवेर शहरमा दुर्घटना भएको हो । विमान दुर्घटनाको कारण एकिन भइनसकेको बीबीसीको भनाइ छ ।
दुर्घटनापछि विमानमा आगो लागेको थियो । वागनर भाडाका सैनिकहरूको समूह हो । यो समूहका लडाकुहरू पैसाका लागि लड्छन् । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० ०६:१३













