महतोले उपनिर्वाचनमा यादवलाई समर्थन गर्ने

काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् ।
उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए ।
‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले भने, ‘गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’
आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुँदैछ ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ १९:५२













