यी प्रदेशमा भइरहेको छ वर्षा

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा वर्षा भइरहेको जनाएको छ ।
महाशाखाले मंगलबार साँझ कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू वर्षा भइरहेको जनाएको हो ।
ती प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० २०:५२













