News Griha :: न्यूजगृह
प्रधानन्यायाधीश श्रेष्ठले भने– न्याय मर्न नदिने गरी काम गर्छु

काठमाडौं— नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको जनआस्था खस्किन नदिन आफूले काम गर्ने बताएका छन् ।

पदभार ग्रहण गर्दै श्रेष्ठले न्यायालयप्रति जनताको आशा र भरोसा बढाउने र न्याय मर्न नदिने गरी आफूले काम गर्ने बताएका हुन् । 

प्रधानन्यायाधीश श्रेष्ठले उच्च मनोबलका साथ निर्भिक भएर काम गर्न आग्रह गर्दै उच्च र जिल्लामा रिक्त न्यायाधीशको नियुक्तिको पहल गर्ने पनि बताए ।

आफू कामु प्रधानन्यायधीश हुँदा सुरु गरेका रणनीतिक कामलाई निरन्तरता दिएर अघि बढ्ने उनको भनाइ छ ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त थिए ।

संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत अनुमोदन गरेको थियो । श्रेष्ठ २०८१ असोज १९ गतेपछि अनिवार्य अवकाश हुनेछन् । 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  २०:४३
Weather Update