News Griha :: न्यूजगृह
कारबाही फुकुवा जोशीलाई अमान्य

काठमाडौं— नेपाली कांग्रेसले कारबाही फुकुवाको निर्णय गरेपछि तनहुँका नेता गोविन्दराज जोशीले आफूलाई त्यो निर्णय मान्य नहुने बताएका छन् ।

उनले चुनावको मुखमा भ्रम छर्ने उद्देश्यले कारबाही फुकुवाको बाहना बनाइएको भन्दै आपत्ति जनाएका छन् ।

‘वर्षौँदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौँदेखि भोग्दै आएको छ । १० औँ हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारबाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरिएको छ, यो सरासर गलत छ, यसप्रति मेरो घोर आपत्ति छ,’ जोशीले सामाजिक सञ्जाल मार्फत् भनेका छन् ।

उनले विगतमा पटक–पटक वार्ता टोली नै बनाएर संवादको पहल गर्दा पनि कांग्रेस नेतृत्वले बेवास्ता गरेको भन्दै अहिले आफूसँग कुनै सरसल्लाह नगरी केन्द्रबाट गरिएको निर्णय आफूलाई स्वीकार्य नहुने बताएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १८:३७
Weather Update