शिक्षक छनौट प्रक्रियामा घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौंको एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
कागेश्वरी मनोहरा,नगरपालिका–१ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र सोही विद्यालयका प्रधानाध्यापक बुद्धिविलास धिताललाई अख्तियारले पक्राउ गरेको हो ।
उनीहरूले शिक्षक छनौट प्रक्रियामा पेस गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १६ हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनसन्धान आयोगले जनाएको छ ।
सो आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १८:२६













