आरआरमा स्ववियु निर्वाचन मिति तोकियो

काठमाडौं— काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा २७ चैत्रमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न सर्वपक्षीय सहमति जुटेको छ ।
आइतबार बसेको सर्वपक्षीय बैठकमा २७ चैत्रमा स्ववियु निर्वाचन गर्ने सहमति जुटेको हो ।
५ चैत्रमा विद्यार्थी संगठनबीचको विवादले निर्वाचन स्थगित भएकाे थियाे ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ १८:२८













