News Griha :: न्यूजगृह
तनहुँ–१ उपनिर्वाचन : ठूला दलले टुंग्याए उम्मेदवार [नाम] 

तनहुँ— आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुंगो लागेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुंगो लगाएका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिनेछन् । नेकपा (एमाले) का तर्फबाट पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले उम्मेदवारी दिनेछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्थविद् डा.स्वर्णिम वाग्लेले उम्मेदवारी दिनेछन् ।

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने तय भएको सो पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीले जानकारी दिए ।

क्षेत्र नं १ बाट निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १७:३९
Weather Update