News Griha :: न्यूजगृह
शिक्षकलाई कारबाही गर्न निर्देशन दिँदै मानव स्रोत विकास केन्द्रले पठायो पत्र

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई र ७५३ स्थानीय तहलाई पत्रचार गर्दै लामो समयसम्म बिदामा बस्ने शिक्षकलाई प्रचलित ऐन, कानुनको प्रभावकारी रूपमा पालना गर्ने गराउन निर्देशन दिएको छ ।

केन्द्रले सबै इकाई तथा स्थानीय तहलाई निर्देशन दिँदै बिदा स्वीकृत नगराई लामो अवधिसम्म विद्यालयमा अनुपस्थित रहने, विद्यालय र सम्बन्धित निकायले ताकेता गर्दा समेत जवाफ नदिने, सम्पर्कमा नआउने, लामो अवधिपछि राजीनामा पेस गर्ने एवम् सेवा सुविधा प्राप्त गर्नका लागि सिफारिस माग गर्ने शिक्षक लागि कारबाहीका लागि निर्देशन दिएको हो ।

शिक्षा ऐन २०२८ को दफा १६ ङ को उपदफा (५) मा सामुदायिक विद्यालयको शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने अवस्था, शिक्षा नियमावली २०५९ को नियम १३३ मा शिक्षकले पालन गर्नु पर्ने आचार संहिता र सोही नियमावलीको नियम १३५ देखि १४३ सम्म नियम विपरित कार्य गर्ने शिक्षकलाई गरिने सजायसम्बन्धी कानुनी व्यवस्था अनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

हेर्नुस् पत्र

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०७:४३
Weather Update