News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं— प्रतिनिधि सभा बैठक मंगलबार बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्नेगरी बैठक तय भएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेलगायत विभिन्न ८ कार्यसूची छन् ।

सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै एमालेले साउन १० गतेदेखि लगातार  संसद् अवरूद्ध गर्दै आइरहेको छ । लामो समयदेखि बैठक कार्यसूचीमा अघि बढ्न सकेको छैन ।

सोमबार राति सिंहदरबारमा बसेको शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति भएको छ । सो सहमति पछि एमालेले मंगलबारको संसद् बैठक अवरोध नगर्ने जनाएको छ । 

कार्यसूची

 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०७:००
Weather Update