News Griha :: न्यूजगृह
नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले शपथ लिँदै

काठमाडौं— नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार पद तथा गोपनीयताको सपथ लिँदैछन् । मंगलबार दिउँसाे शीतल निवासमा श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाउने छन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पाैडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा  प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०६:३६
Weather Update