News Griha :: न्यूजगृह
जसपाले यी नेताहरूलाई तोक्यो प्रदेश र विभागको जिम्मेवारी [नामसहित]

काठमाडौं— सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल (जसपा) को साेमबार बसेकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभिन्न नेताहरुलाई प्रदेश र विभागको जिम्मेवारी तोकेको छ ।

बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठलाई बाग्मती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकेको छ ।

बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र देवनारायण याादव रहेको केन्द्रीय कार्यालय समिति गठनसमेत गरेको छ ।

त्यसैगरी बैठकले संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ । विभागका सदस्यहरूमा रेणु यादव र लाक्पा शेर्पा रहेका छन् ।

संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत र सदस्यहरूमा शैलेन्द्र साह र सनबहादुर राई रहेका छन् । सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिसकुमार सुमन र सदस्यहरूमा लक्ष्मण हुमागाईं र योगराज वनेम रहेका छन् ।

युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ रहेका छन् भने विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान सदस्य रहेका छन् ।

महिला विभागमा लिला सिटौला सदस्यहरूमा उर्मिला साह, मञ्जु अन्सारी, विनिता यादव र किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०६:१८
Weather Update