News Griha :: न्यूजगृह
भ्रष्टाचार र बेथितिविरुद्ध लडाइँ सुरु भइसक्यो : प्रधानमन्त्री दाहाल

सुर्खेत— प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा भ्रष्टाचार र बेथिति विरुद्धको लडाइँ सुरु भइसकेको बताएका छन् ।

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सोमबार आयोजित ३ महिने अभियान तथा प्रशिक्षण भेलालाई वीरेन्द्रनगर सुर्खेतमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध एक्सन चालिएको बताए ।

वर्तमान सरकारको प्रभावकारी कदमले जनतामा आशा जगाएको उनको भनाइ थियो ।

दाहालले भने,‘परिवर्तनको तागत लिएर आएको माओवादीको बिरासत कमजोर छैन । जब सुशासनको पक्ष र भ्रष्टाचार विरुद्ध सरकारले आफ्नो एक्सन चालेर देखाइदिएपछि अहिले जनताले माओवादीप्रति विश्वास बढेको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणका दोषीमाथि भएको कारबाहीले सरकार के गर्दैछ भन्ने प्रष्ट्याइसकेको छ ।’

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २२:२८
Weather Update