News Griha :: न्यूजगृह
टोपेखोलामा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
फाइल तस्बिर ।

चितवन— नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा सोमबार राति ८ बजे पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सुक्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय चितवनसँग समन्वय भइरहेको उनले जानकारी दिए । सो सडक खण्डमा बर्सात सुरु भएसँगै पटक-पटक पहिरो खस्ने गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २१:४४
Weather Update