राजनीतिक जागरणको हिसाबमा सुदूरपश्चिमको महत्त्व बढी : अध्यक्ष ओली
1692627302.jpg)
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक जागरणको हिसाबले अन्य स्थानभन्दा सुदूरपश्चिम प्रदेशले बढी महत्त्व बोकेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित श्रष्टा अभिनन्दन तथा डेउडा साँस्कृतिक उत्सव २०८० मा सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिलो शहीदको रुपमा सुदूरपश्चिम, पहिलो आन्दोलनको रुपमा सुदूरपश्चिम, जागरणको हिसाबमा सुदूरपश्चिम र बलिदानको हिसाबमा सुदूरपश्चिमले इतिहास लेखेको बताए ।
उनले उनले भने, ‘तर सुदूरपश्चिम पनि पछाडि परेको छ तर सधैं यस्तो हुन सक्दैन्, स्रोत र अनेक हिसाबले सबल छ ।’ अध्यक्ष अोलीले सुदूरपश्चिम सांस्कृतिक हिसाबमा पनि सुसम्पन्न रहेको चर्चा गरे ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १९:४६













