आरजु भन्छिन्— म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना त्याग्नुपर्छ

धनगढी— नेपाली कांग्रेसकी नेतृ एवम् सांसद डा.आरजु राणा देउवाले पार्टीभित्र जति ठूलो विवाद भए पनि पार्टीको विधिविधानभित्रै बसेर समाधान खोजिनुपर्ने बताएकी छिन् ।
सोमबार धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।
‘जुनसकै पार्टीभित्र विवाद उत्पन्न हुन्छ, त्यो नेपाली कांग्रेसमा पनि हुनसक्छ । तर त्यस्ता विवादलाई झन् चर्काउने होइन कि पार्टीकै विधि विधानभित्र बसेर सबै विवादहरूको समाधान खोज्नुपर्छ,’ उनले भनिन् ।
उनले देश, पार्टी र जनताका लागि आफूले के गरिरहेको छु भनेर मनैदेखि सोच्नुपर्ने सुझाव कार्यकर्तालाई दिइन् ।
उनले भनिन्,‘म मात्रै हुँ, म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना सबैले त्याग्नुपर्छ ।’
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १८:३४













