उपनिर्वाचन: राप्रपाले तय गर्यो उम्मेदवार, कहाँ को?

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। राप्रपाले १० वैशाखमा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय पनि गरेको छ ।
प्रवक्ता मोहन श्रेष्ठले तनहुँ १ मा शोभा गुरूङ, चितवन २ मा जीवलाल पुरी र बारा २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको बताए ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ १५:२८













