News Griha :: न्यूजगृह
रविविरुद्ध युवराज सफल पुनः सर्वोच्चमा, दर्ता होला रिट?

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ पुनः सर्वोच्च अदालत पुगेका छन् ।

अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै पौडेल सर्वोच्च पुगेका हुन् । लामिछानेविरुद्ध कानुनी कारबाहीको माग गर्दै विपक्षीहरूका नाममा परमादेश दिनले उनले रिट निवेदन मार्फत माग गरेका छन् ।  

महान्यायाधिवक्ताले क्षेत्राधिकारभन्दा बाहिर गएर निर्णय गरेको दाबी रिट निवेदकको छ । लामिछानेको नागरिकता प्रकरणमा पनि पौडेलले नै सर्वोच्चमा रिट दर्ता गरेका हुन्। सर्वोच्चको आदेशपछि सांसद पद गुमाएका रवि उपनिर्वाचनमा पुनः चितवन– २ बाट उम्मेदवारी दिँदैछन् । मनोनयन सोमबार हुँदैछ ।  मनोनयन दर्ताको पूर्वसन्ध्यामा रवि विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको हो ।

उक्त रिट निवेदनमाथि सर्वोच्च अदालतका रजिस्ट्रारले अध्ययन गरिरहेका छन् । 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १५:१९
Weather Update