News Griha :: न्यूजगृह
कोशी नामविरुद्ध भइरहेको आन्दोलनलाई जसपाको समर्थन

काठमाडौं— पहिचानवादीको आन्दोलन चर्किदै गएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नामाकरण परिवर्तन हुनुपर्ने जनाएको छ ।

अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलर अनुसार तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश १ नै कायम हुनुपर्ने र प्रदेशसभाले पहिचान अनुसारको नाम परिवर्तन गरेमा मात्र उक्त परिवर्तित नयाँ नामाकरणलाई समर्थन गरिनेछ । 

कोशीमा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने आन्दोलनको मागलाई यथोचित रुपमा सम्बोधन गर्न गराउन सरकारसँग माग गरिएको पनि परिपत्रमा उल्लेख छ ।

कोशी नामाकरणपछि  पछिल्ला दिनमा  विराटनगर लगायतमा दिनहुँ आन्दोलन भईरहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १४:४८
Weather Update