कर्णाली प्रदेशमा सोमबार सार्वजनिक बिदा

सुर्खेत— कर्णाली प्रदेश सरकारले सोमबार प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
सोमबार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिइन् ।
उनका अनुसार कर्णाली प्रदेश सरकारको २०७९ साल चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
२०७२ साल साउन २३ गते तत्कालीन सरकारले गरेको सीमांकनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेपछि सो निर्णयविरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो ।
आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका गोपालसिंह रजवार, टीकाराम गौतम र यामबहादुर बिसीले साहदत प्राप्त गरेका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० ०७:५०













