किन बस्दैछ समाजवादी मोर्चाको बैठक ?

काठमाडौं— समाजवादी मोर्चाको बैठक बस्दैछ । आइतबार बस्ने भनिएको बैठक सोमबार बस्न लागेको हो ।
बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान साढे ७ बजे बस्ने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा जानकारी दिए ।
बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ ।
मोर्चा गठन भएको करिब ३ महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो ।
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० ०६:२२













