News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा मंगलबार बिहान साढे ८ बजे शीतल निवासमा सर्वदलीय बैठक बस्दै छ ।

राष्ट्रपति पौडेलले आइतबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई बैठकमा बोलाएका थिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा छलफलका लागि राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै नेकपा एमालेले गत साउन १० गतेदेखि लगातार संसद अवरोध गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०६:०३
Weather Update