News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेललाई रवि लामिछानेले किन भेटे ?

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

आइतबार सभापति लामिछाने राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

सो भेटमा सभापति लामिछानेले अविलम्ब संसद् सुचारु गरी जनसरोकारका मुद्दाहरूमा बहस तथा नीति निर्माणका माध्यमबाट सम्बोधन गर्ने कार्यलाई अगाडि बढाउने कार्यमा सहजीकरणका लागि अनुरोध गरेको रास्वपाले जनाएको छ ।

राष्ट्रपतिसँगको उक्त भेटका अवसरमा सभापति लामिछानेले समसामयिक राजनीतिक विषयहरूमा विशेष ध्यानाकर्षण समेत गराएको पनि रास्वपाले जनाएको छ ।

६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै नेकपा एमालेले गत साउन १० गतेदेखि लगातार संसद अवरोध गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २०:०४
Weather Update