तोडियो नेविसंघको असन्तुष्ट पक्षको अनसन

काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को असन्तुष्ट पक्षको अनसन तोडिएको छ ।
नेविसंघ केन्द्रीय समिति विधानअनुसार समावेशी बनाउनुपर्ने मागसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा गणेशमान शाह र रामजी बस्नेत अनशन बसेका थिए ।
नेविसंघका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य राजिव ढुंगानासँग ४ बुँदे सहमति पछि ढुंगानाले नै उनीहरूकाे अनसन तोडाएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले गत साउन २२ गते ७ सय १० जनालाई केन्द्रीय सदस्य मनोनीत गर्दै केन्द्रीय तदर्थ समिति गठन गरेका थिए ।
उक्त समिति समावेशी नभएको भन्दै असन्तुष्ट पक्षले विरोधका विभिन्न गतिविधि गर्दै आएको छ । उनीहरूले तदर्थ समिति अवैधानिक भएको बताएका छन् । विधानअनुसार १५१ सदस्यीय नेविसंघ गठन गरिनुपर्ने माग असन्तुष्ट पक्षको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० १९:४८













