News Griha :: न्यूजगृह

काठमाडौं— नेपाली कांग्रेस सांसद प्रदिप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्  ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा गम्भीर समस्या देखा परेको बताए । कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्ने स्थिति पछिल्लो समय देखा परेको भन्दै सांसद पौडेलले त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरे ।

उनले भने, ‘पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटीहरु देखिएका छन् । कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्ने स्थिति बनेको छ । हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुवई बाट काठमाडौं उडनै लाग्दा पाईलटलाई पखाला चलेपछि ५४३ यात्रु अलपत्र परे । पछिल्लो रिर्पोटले प्रष्ट भन्छः नेपालमा हवाई दुर्घटनाका पछाडि इन्जिनले काम नगरेको जस्ता यान्त्रिक कारण भन्दा व्यवस्थापकीय पक्षमा चुक्दा बढि दुर्घटनाहरु हुन्छन । तर, सम्बन्धित निकायको नेतृत्व यस विषयमा बेखवर जस्तै छ । हवाई क्षेत्रमा देखिएका समस्यालाई गम्भिरपूर्वक लिइयोस् । उचित व्यवस्थापनका लागि दिगो समाधान खोजियोस् ।’ 
 
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १४:०९
Weather Update