News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे बैठकका लागि शीतल निवासमा बोलाएका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा छलफलका लागि राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै नेकपा एमालेले गत साउन १० गतेदेखि लगातार संसद अवरोध गरिरहेको छ ।

आइतबार बस्ने गरी बोलाइएको संसद बैठक सूचना टाँस गरेर साउन २६ गते शुक्रबारलाई सारिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १९:०५
Weather Update