News Griha :: न्यूजगृह
बालविकास शिक्षक समिति सुदूरपश्चिमले गर्‍यो नगदसहित बाल शिक्षकलाई सम्मान

काठमाडौं— नेपाल बालविकास शिक्षक समिति,गोदावरी नगर,कैलालीले लामो समय बालविकास शिक्षकको रूपमा विद्यालयमा सेवा गरी अवकाश भएका शिक्षक उमाकान्त शर्मालाई सम्मान गरेको छ ।

शर्मालाई बालविकास शिक्षकहरूले ५/५ सय रुपैयाँ उठाई ४० हजार १५० रुपैयाँ जम्मा गरी साे रकम, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको बालविकास शिक्षक समिति सुदूरपश्चिमकी अध्यक्ष लक्ष्मी भट्टले जानकारी दिइन् ।

शर्माले २०६२ सालदेखि अनवरत रूपमा बालविकास शिक्षक भएर विद्यालयमा सेवा गर्दै आएका थिए । स्थानीय सरकारले गर्न नसकेको काम बालविकास शिक्षकले गरेको भन्दै शिक्षक शर्माले गहभरि आँसु राखेर धन्यवाद दिए ।

आफू अवकाश भएर गए पनि बालविकासलाई सधैं सहयोग गर्ने शर्माले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १८:०४
Weather Update