News Griha :: न्यूजगृह
सदनको अवरोध हटाउन दुवै पक्ष लचिलो : अध्यक्ष लिङ्देन 

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सदनको अवरोध हटाउने कुरामा प्रतिपक्ष र सरकार दुवै पक्ष लचिलो भएको बताएका छन् ।

आइतबार संसद अवरोध हटाउन बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले दुवै पक्ष सकारात्मक देखिएको बताए ।

‘अहिले प्रमुख प्रतिपक्ष पनि लचिलो भएको छ, सरकार पनि लचिलो भएको छ, र हामीले दुवै पक्षलाई संसदको अवरोध समाप्त गर्ने दिशातर्फ पहल गरेका छौँ,’ उनले भने ।

उनले सुन प्रकरणको विषयमा अहिले भइरहेको अनुसन्धानलाई प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई सम्बोधन गर्ने खालको कुरा भएको बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:३७
Weather Update