News Griha :: न्यूजगृह
संसदको अवरोध खोल्न बसेको छलफल सकरात्मक : प्रधानमन्त्री दाहाल 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको अवरोध खोल्ने विषयमा आइतबार भएको छलफल सकरात्मक भएको बताएका छन् ।

आइतबार आफैले बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकबाट बाहिरिँदै गर्दा पत्रकारसँग प्रतिक्रिया दिँदै उनले छलफल सकरात्मक भएको र अब सोमबारको बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे ।

प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओली अस्वस्थ भएकाले आइतबारको बैठकमा ठोस सहमति नभएकाले सोमबारको बैठकमा समझादारी बन्ने उनको दाबी छ ।

‘बैठकमा छलफल सदनमा भएका राष्ट्रिय पार्टीका नेताहरूको बीचमा राम्रो भएको छ,’ उनले भने, ‘प्रमुख प्रतिपक्ष दलको नेता अस्वस्थ भएकाले आउनु भएन भोलि फेरि बसेर समझदारी बनाउने भन्ने भएको छ, छलफल सकारात्मक छ ।’

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:२७
Weather Update