News Griha :: न्यूजगृह
संसद बैठक बस्न पुगेका शेखरले भने : संसद नचल्नुमा दुवै पक्ष दोषी

काठमाडौं— नेपाली कांग्रेस नेता शेखर कोइरालाले संसद नचल्नुमा सरकार र प्रतिपक्ष दुवै दोषी भएको टिप्पणी गरेका छन् ।

आइतबारका लागि बोलाइएको संसद बैठकमा भाग लिन संसद भवन पुगेका उनले सूचना निकालेर बैठक स्थगित गरिएपछि पत्रकारसँग सत्ता पक्ष अझै बढी जिम्मेवार बन्नु पर्ने बताए ।

‘दुनियाँको नियम हो, संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई अट्याक गर्ने गाली गर्ने,’ उनले भने, ‘सत्तापक्षले पनि प्रतिपक्षले चल्न दिएन भन्ने, तर म के भन्दैछु भने हामी दुवै दोषी हौँ ।’ 

उनले संसद नचल्दा राष्ट्रलाई गम्भीर घाटा हुने बताए । ‘यो नेशनको कुरा हो, देशको कुरा हो, राष्ट्रको कुरा हो, संसद चल्नु पर्छ,’ उनले भने ।

संसद चल्न सरकार र पार्टीमा जिम्मेवारी लिएर बसेका मान्छेले जिम्मेवारीपूर्वक प्रयास गर्नु पर्ने उनको तर्क छ । ‘म एउटा सांसद हो, नेपाली कांग्रेसको हाम्रो सभापति जी संसदीय दलको नेता हुन्, उहाँले ‘कोर्डिनेट’ गर्ने कुरा हो, सरकारले कोर्डिनेट गर्ने कुरा हो, हामीहरू त आउँछौँ, यी यस्तै भइराख्या छ,’ उनले भने ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १६:३८
Weather Update