News Griha :: न्यूजगृह
गृहमन्त्री ज्यु, ललिता निवास प्रकरणमा ठूलै गडबड छ : सभापति लामिछाने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्णयकर्ता सबैको बयानबिना अपुरो अधुरो फाइल पेश नगर्न आग्रह गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले सीआईबीलाई निर्णयकर्ता सबैको बयान लिएर फाइल पेश गरी गैरकानुनी आदेश नमान्न आग्रह गरेका हुन् ।

‘सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्,’ उनले भने, ‘ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस्, गृहमन्त्री ज्यु, केही त गडबड छ, ठूलै गडबड छ ।’

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:३७
Weather Update