News Griha :: न्यूजगृह
बारा २ मा कांग्रेसको समर्थन जसपा उम्मेदवारलाई 

काठमाडौं— आगामी १० बैशाखमा हुने उपनिर्वाचनमा बारा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ ।

आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा जसपालाई समर्थन गर्ने निर्णय गरेको हो । बारा–२ मा सत्ता गठबन्धन सम्बद्ध जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि उम्मेदवारी दिने बताएका छन् ।

निर्वाचन आयोगले सोमबार उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ । बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दैछन् । लोसपाबाट राजेन्द्र महतो र जनमतबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । 

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले आगामी १० बैशाखमा हुने उपनिर्वाचनको लागि चितवन–२ मा जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको निर्णय गरेको थियो । 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १२:२४
Weather Update