समाजवादी मोर्चाको बैठक बस्दै, यी विषयमा छलफल हुने

काठमाडौं— सत्तारुढ तीनसहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । बैठक आइतबार साँझ ६ बजे नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बस्ने भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधनपछि मोर्चाको बैठक बस्न सकेको थिएन ।
पछिल्लो समय समाजवादी मोर्चाको बैठक सर्दै आएको थियो । यसै क्रमममा आइतबार बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीति र भ्रातृ संस्थाहरूबारे छलफल हुने जनाइएको छ ।
मोर्चामा सत्तारुढ माअोवादीसहित एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० १०:२४













