News Griha :: न्यूजगृह
ललिता निवास जग्गा प्रकरणमा मविरुद्ध नाटकीय प्रचारबाजी भइरहेको छ : बाबुराम भट्टराई

काठमाडौं— पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास सार्वजनिक जग्गा प्रकरणमा आफूविरुद्ध नाटकीय प्रचारबाजी भएको बताएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा आफूले पटक–पटक बयान दिने बताउँदै आए पनि सरकारको सम्बन्धित निकायले बयान नलिई एकतर्फी रूपमा प्रचारबाजी भएको बताएका छन् ।

उनले भनेका छन्,‘केही समय यता केही दृश्य—अदृश्य वृत्तबाट चर्चित ललिता निवास जग्गा अपचलन प्रकरणमा मलाई जुन ढंगले जबर्जस्ती मुछ्ने,अपराधी झैं दुष्प्रचार गर्ने,सम्बन्धित निकायले कुनै सोधपुछ/छानबिन नगर्ने र उल्टै ‘‘उन्मुक्ति दिने’’ नाटकीय प्रचारबाजी भइरहेको छ । त्यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

छानबिनका लागि हरतरहको सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०९:०५
Weather Update