दिगो विकास समितिको बैठक बस्दै

काठमाडौं— राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक आइतबारका लागि बोलाइएको छ ।
बिहान ११ बजेका लागि संसद् सचिवालय सिंहदरबारमा रहेको भवन नम्बर २ को हल नम्बर ३०१ मा बैठक बोलाइएको हो ।
बैठकमा नेपालमा पुस्तकालय र दिगो विकास लक्ष्यका विषयमा छलफल हुनेछ । राष्ट्रिय सभाको बैठक भने प्रमुख प्रतिपक्षी एमालेको अवरोध जारी रहेपछि भदौ ५ गते १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गते देखि अवरोध गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० ०८:४७













