उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

काठमाडौं— आगामी १० वैशाखमा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सक्नेछन् ।
गत ४ मङ्सिरमा भएको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन २ मा आगामी १० बैशाखमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ ११:५४













