गाडी दुर्घटना हुँदा ९ भारतीय सैनिकको मृत्यु,प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

नयाँ दिल्ली— भारतीय सेनाको गाडी दुर्घटना हुँदा ९ सैनिकको मृत्यु भएको छ । गाडी शनिबार साँझ लद्दाखमा दुर्घटना भएको हो ।
दुर्घटनामा ९ जना सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् । उनको उपचार भइरहेको छ । गाडीमा १० सैनिक सवार थिए ।
सेनाको गाडी एउटा गहिरो खाल्डोमा खसेको थियो । दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाहलगायतले दु:ख व्यक्त गरेका छन् ।
Pained by the mishap near Leh in which we have lost personnel of the Indian Army. Their rich service to the nation will always be remembered. Condolences to the bereaved families. May those who are injured recover at the earliest: PM @narendramodi
— PMO India (@PMOIndia) August 19, 2023
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० ०७:५९













