डडेल्धुरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ६ घण्टाको विवरण सार्वजनिक गर्दै केही नदीहरूमा जलसतह बढ्ने जनाएको छ ।
डडेल्धुराको चउरबन्डाले जोगबुढा र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षामापन भएको महाशाखाले बताएको हाे ।
रंगुन र यसका सहायक नदीहरूमा जलसतह बढ्न सक्ने भन्दै महाशाखाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० ०६:४३













