News Griha :: न्यूजगृह
मौसम : आइतबार यी स्थानमा वर्षाको पूर्वानुमान

काठमाडौं— आइतबार देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वर्षाको सम्भावना रहेकाले नदीको जलसतह बढ्ने, गेग्रान बहाब, बाढीपहिरो, भू–क्षयजस्ता प्रकोपको सम्भावना रहेकाले जनस्वास्थ्य,कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०६:३५
Weather Update