समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं— समाजवादी मोर्चाको बैठक आइतबार नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
आइतबार साँझ बस्ने बैठकमा मोर्चा आबद्ध ४ दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।
मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।
मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चाको नेतृत्व अहिले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले गरेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० ०५:५३













