News Griha :: न्यूजगृह
नेपाल सद्भावना पार्टी पुनर्गठन

सप्तरी— नेपाल सद्भावना पार्टी (नेसपा) केन्द्रीय समिति गठन भएको छ ।

नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहको कर्मभूमि राजविराजमा शनिबार पार्टी पुनर्गठन भएको हो । भेलाले दशरथ यादवको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको छ ।

पुनर्गठन समितिको वरिष्ठ उपाध्यक्षमा बालकेश्वर ठाकुर, रामपृत यादव, मिश्रीलाल मण्डल, महिला उपाध्यक्षमा भेडिहर चन्द्रिका, महासचिवमा दिनेश्वर झा, सहमहासचिवमा रामनरेश प्रसाद कोइरी, रविन्द्रकुमार चौधरी, मुरारीलाल कर्ण, सचिवमा रामकुमारी महतो, प्रवक्तामा नरेश यादव र कोषाध्यक्षमा सुनितादेवी महतोलाई चयन गरिएको छ । 

यसैगरी सङ्घीय सदस्यमा सहजाद मियाँ, सत्यनारायणप्रसाद रौनियार, अनिता ठाकुर, जीवछप्रसाद यादव, बृजेश पाण्डे, सुनिल यादव, रणधिर कर्णा,सुवि यादव, रामदहिन यादव, नन्दिनी झा, ललितादेवी महतो, रामनारायण यादव, अरुणलाल दास, लक्षणादेव यादव र वीरेन्द्रकुमार महतो छन् ।

नेसपाका अध्यक्ष रामकुमार महतो, महासचिव राजेन्द्र चौधरीलगायतले साउन १४ गते नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गरेको घोषणा गरेका थिए । सो घोषणामा असहमति राख्दै आएका पार्टी पदाधिकारीको बैठकले गरेको निर्णय जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका पार्टी पदाधिकारीलाई पार्टीबाट निष्कासन गरिएको सद्भावना पार्टीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २१:५८
Weather Update