News Griha :: न्यूजगृह
श्रीमतीसँग माफी माग्दै वडाध्यक्षले गरे आत्महत्या

काठमाडौं— गुल्मीको मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरे मृत फेला परेका छन् ।

शनिबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका वडाध्यक्ष घिमिरे मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घिमिरे घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनले फेसबुकमा परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ नभएको भन्दै परिवार तथा साथीभाइसँग माफी मागेका छन् ।

‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ, प्रिय अनिताः साथ निभाउन सकेन, मलाई माफ गरे, घर परिवार, साथीभाइ शुभचिन्तक सबैसँग माफी चाहन्छु, अलबिदा,’ उनले लेखेका छन् ।

घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १०:४४
Weather Update