एमालेले गर्यो नेताहरूको जिम्मेवारी हेरफेर [सूचीसहित]
![एमालेले गर्यो नेताहरूको जिम्मेवारी हेरफेर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/uml-sachiwalaya (2)1685712820.jpg)
काठमाडौं— नेकपा एमालेले अन्तरपार्टी निर्देशन ‘अपानि’ जारी गर्दै नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
असार ३० र साउन २९ गते बसेको एमाले सचिवालय बैठकका निर्णय समेटेर अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अपानि जारी गरेका हुन् ।
एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेका गुरु बराललाई बाग्मती प्रदेशको इन्चार्ज गुरु बराल, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज,सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई तोकेको छ ।
त्यसैगरी कर्णाली प्रदेश कमिटीको सचिव रहेका कमल शाहीलाई हटाएर उपसचिव टेकराज पछाईलाई मनोनयन गरिएको छ अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।
अपानि
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० २०:४९













