माओवादी केन्द्रीय सदस्यमा थपिए गौतम र मण्डल

काठमाडौं— बाबुराम गौतम र अशोककुमार मण्डल माओवादीको केन्द्रीय समितिमा थपिएका छन् ।
माओवादीका महासचिव देव गुरुङले उनीहरू २ जनालाई केन्द्रीय समितिमा ल्याइएको जानकारी दिए ।
उनले भने,‘बाबुराम गौतम कोशी प्रदेशको सभामुख हुनुहुन्थ्यो । त्यही कारण केन्द्रीय कमिटीमा रहनु भएको थिएन । अहिले सभामुख छाडेपछि स्वतः हुने कुरा भइहाल्यो । अर्का केन्द्रीय सदस्य अशोककुमार मण्डलको कारबाही फुकुवा भएको हो ।’
योसँगै माओवादी केन्द्रीय कमिटी ४ सय ११ सदस्यीय भएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १८:४७













