निजी विद्यालयले शुल्क बढाउन नपाउने

धनगढी— धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित कुनै पनि निजी विद्यालयले शुल्क बढाउन नपाउनेगरी निर्णय भएको छ ।
नयाँ शैक्षिक सत्र २०८० मा धनगढीका निजी विद्यालयले विद्यार्थी शुल्कमा वृद्धि गर्न नपाउने निर्णय भएको हो ।
सामुदायिक विद्यालयले विद्यार्थी शुल्क लिनै नपाउने व्यवस्था छ । तर संस्थागत विद्यालयले पनि यस वर्ष विद्यार्थी शुल्क बढाउन नपाउने निर्णय भएको धनगढी उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ ०७:५४













