संसद्लाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने

झापा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नहुने बताएका छन् ।
झापाको बिर्तामोडमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीले संसद अवरुद्ध गर्न नहुने बताएका हुन् ।
‘जनताका धेरै कुरा उठाउनु छ, चाँडो सदन खुलाउनुस्,’ उनले भने । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्दै नेकपा एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ ।
सभापति लामिछानेले पुराना पार्टीका नेताकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको दाबी गरे । उनले युवामा देशमै बसेर केही गर्न सकिन्छ भन्ने विश्वास हराएको बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १७:४२













