आइतबार बस्ने प्रतिनिधि सभाको बैठकका एजेन्डाहरू

काठमाडौं— प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९) पेस गर्ने कार्यसूची सम्भावित कार्यसूची छ ।
यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफलपछि पारित गर्ने अर्को कार्यसूची छ ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले त्यसको प्रस्ताव गर्नेछन् ।
त्यसमा परेका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने र पुनः सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ ०६:५४













